ग्रेडसिट र प्रमाण-पत्र वितरण सम्बन्धी सूचना ।
ग्रेडसिट र प्रमाण-पत्र वितरण सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा SEE २०८२ पुरक परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको ग्रेडसिट र प्रमाण-पत्र तथा नियमित परीक्षामा सहभागि भई उत्तीर्ण सिम्बल नम्बर २१६००० बाट शुरु भएका परीक्षार्थीहरुको समेत ग्रेडसिट वितरण कार्य मिति २०८३/०४/२२ गतेबाट शुरु भएको हुँदा नियमानुसार प्रमाण-पत्र वापत SEE २०८२ पुरक परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका प्रति परीक्षार्थी रू.२५०/- (अक्षरेपी दुई सय पचास मात्र) का दरले तपसिल अनुसारको विवरण भरी रकम जम्मा गरेको बैंक भौचर सहित ग्रेडसिट र प्रमाण-पत्र लिन आउन हुन सम्बन्धित सबै माध्यमिक विद्यालयहरुलाई यसै सूचना मार्फत सूचित गरिन्छ ।
तपसिलः
कार्यालयको नामः शिक्षा विकास तथा समन्वय एकाइ
कार्यालय कोडः ३५००११६०१
राजश्व शिर्षकः १४२२३
वापतः SEE २०८२ को मूल प्रमाण-पत्र